- उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् ।
काठमाडौं: ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ ।
उनी सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका थिए । हाल उनी बैंकको नायब महाप्रबन्धक हुन् । उनी मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’